दफा ३२
राजस्व न्यायाधिकरणमा पुनरावेदन लाग्ने:
(१) दफा ३० बमोजिम महानिदेशकले गरेको निलम्बनको आदेश वा दफा ३१क. को उपदफा (४) बमोजिम महानिर्देशकले गरेको निर्णय उपर चित्त नबुझ्ने व्यक्तिले राजस्व न्यायाधिकरणमा पुनरावेदन दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम पुनरावेदन दिने व्यक्तिले पुनरावेदन दर्ता गरेको मितिले पन्ध्र दिनभित्र पुनरावेदन पत्रको प्रतिलिपि संलग्न गरी विभाग समक्ष लिखित जानकारी गराउनु पर्नेछ ।